अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज २५ गते।
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९:५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।
बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।