के यसपाली मधेसमा सोमबार, मंगलबार, बुधबार तीन दिन होली मनाईदै छ त ?

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,चैत ११ गते।

यसपाली मधेसमा सोमबार, मंगलबार, बुधबार तीन दिन होली मनाईदै छ ।

मधेसमा धेरै ठाउँमा सोमबार होली मनाइँदै छ भने जनकपुर र त्यस आसपास मंगलबार र बुधबार पनि होली #holi मनाउने देखिएको छ । सोमबार र मंगलबार माछामासु नखाने व्यक्तिहरूले बुधबार होली मनाउने योजना बनाएका छन् ।

मधेसमा १५ दिने परिक्रमाको आधारमा होली मनाउने चलन छ । पूर्णिमाको एक दिन पहिले परिक्रमा जनकपुर आइपुग्छ, त्यो दिन अन्तरगृह परिक्रमा हुन्छ र त्यसको भोलिपल्ट मात्र होली खेल्ने चलन छ । परिक्रमाको आधारमा होली खेल्ने चलन परम्परादेखि चल्दै आएको हो, चाहे जुनसुकै दिन, जुनसुकै मिति किन नहोस्, परिक्रमा फर्केको पर्सिपल्ट होली मनाउने चलन रहेको उनको भनाइ छ ।

सोमबार अन्तरगृह परिक्रमा भएपछि मंगलबार होली मनाउनु पर्ने हो तर मंगलवार पनि माछा मासु नखाने, व्रत बस्नेहरूले बुधबार होली मनाउने भन्ने सुनिएको अध्यक्ष कापडीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *