अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,जेठ १६ गते।
तराईका जिल्लाहरुमा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ ।
यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
अत्यधिक गर्मी र प्रचण्ड घामका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेकाले बजार, कार्यालय र विद्यालय सबै तिर चहल पहल घटेको छ ।
बजार सुनसान देखिए पनि गर्मीका कारण विरामीको संख्या भने अस्पताल र निजी क्लिनिकमा ह्वातै बढेको छ ।