मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरे

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत ७ गते।

मोरङको बेलबारीमा एक पुरुषले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।

बमबहादुरले श्रीमतीको टाउकोमा दाउले हानेको र प्रहरीले जनाएको छ । गीताको शरीरका विभिन्न भागमा समेत चोट लागेको छ ।  गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका छोरा भने भागेर बाँचेका छन् ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *