अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ७ गते।
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।
यस अवसरमा आज बिहानैदेखि टुँडिखेलमा योगाभ्यासहरू भइरहेका छन् ।
मूल समारोह समितिले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।