अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ८ गते।
तनहुँको आँबुखैरेनीमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
न्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।