अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,असोज २१ गते।
आज नवरात्रको पाँचौं दिन देवी स्कन्दमाताको पूजा र आराधना गरिँदैछ।
भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन्। उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन्।
यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ। नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ।