आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २५ गते।

आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ

१८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पहिलो विकेटका लागि विराट कोहली र कप्तान फाफ डु प्लेसिसले १२५ रनको साझेदारी गरेका थिए ।  प्लेसिस ३३ बलमा ४४ रनको पारि खेलेर आउट हुँदा दुई चौका र दुई छक्का प्रहार गरे । कोहलीले नटआउट ११३ रनको शतकीय पारि खेले । उनले ७२ बल फेस गर्दा चार छक्का र १२ चौका हिर्काए ।

ग्लेन म्याक्सवेल १ रनमा आउट हुँदा सौरभ चौहान ९ रनमा पभेलियन फर्किए । क्यामरन ग्रिन ५ रनमा नट आउट रहेका थिए । राजस्थानका युजवेन्द्र चहलले दुई तथा नान्द्रे बर्गरले एक विकेट लिए

१८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले सुरुआत भने खराब रह्यो । खाता नै नखोल्दै यशश्वी जयसवाल पभेलियन फर्किए । त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए । यी दुई खेलाडीले १४८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कप्तान सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए । उनले २ छक्का र ८ चौका प्रहार गरे ।

रियान पराग ८ तथा ध्रुव  जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जित दिलाए । उनले ५८ बलमा चार छक्का र नौं चौका प्रहार गरे । उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए । हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले ।

राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *