एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज नेपालले गुजरातसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत २५ गते।

एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज नेपालले  गुजरातसँग खेल्दै छ

खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *