अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २९ गते
एनपीएलमा आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज भिड्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।
जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ । अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्वालिफायर खेल्ने हुनेछ । यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ ।