सुपरस्टार अल्लु अर्जुन जेलबाट रिहा

अनलाईन न्युजपाटी , एजेन्सी,समाचारदाता, मंसिर २९ गते

सुपरस्टार अल्लु अर्जुन जेलबाट रिहा भएका छन् ।

शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको थियो । भागदौडमा एक महिलाको मृत्यु भएको थियो । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अल्लु अर्जुनले हिजो नै यस मुद्दामा जमानत पाएका थिए तर, त्यसपछि पनि उनले जेलमै रात बिताउनु पर्यो ।

उनि रिहा भएपछि अहिले उनका फ्यान र दर्शक खुसी देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *