अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ४ गते।
एनपीएल(NPL) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् ।
खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ ।