अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ३ गते
पेट्रोल र डिजेलको मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।
मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जनाएको छ।
खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।