अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ४ गते
सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज प्रतितोला सुनको मूल्य एक लाख ५७ हजार ९०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।