अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १९ गते
सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा १ हजार १ सय ७९ जनाका लागि नयाँ भर्ना खुला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र परिचर पदमा नयाँ भर्ना खुला गरेको हो ।
निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक निरीक्षक पदमा खुला ४५ सहित ८३, सशस्त्र प्रहरी जवान पदमा खुला ५०७ सहित ९४१ र परिचर पदमा खुला ४७ सहित ८७ जनाका लागि भर्ना खुलाएको हो ।
यस्तै, परिचरतर्फ भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदका लागि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सकिने छ ।