तराई र उपत्यकामा हुस्सु र कुहिरो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १९ गते  

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *