आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २१ गते  

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।

आज दिउसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ

राती: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *