आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ५ गते  

आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटआजदेखि मलेसियामा सुरु हुँदैछ ।

उद्घाटन खेलमाअस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् ।

नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।

समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी-२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *