पर्सा प्रहरीले बिरगंजमा मास्क नलाई हिड्नेलाई नियन्त्रणमा लिई कारबाही गर्दै

अनलाईन न्युजपाटी,सन्जु छत्कुली,बिरगंज,समाचारदाता, असार २२ गते।

पर्सा प्रहरीले मास्क नलागाई बिरगंज मा हिडडुल गर्ने र सवारी चलाउने लाई नियन्त्रणमा लिई कार्वाही गरेको छ।

बिश्व भरी फैलिएको कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी जन्चेतना अभियान चलाउँदा पनि यसको पाल्ना नगरी बिना माक्स हिँडडुल गर्ने र विभिन्न व्यवसाय संचालन गर्नेहरुलाई आज पर्सा प्रहरीले नियन्त्रणमा लिई १ सय रुपैया जरिवाना वा १ घण्टा घाममा उभियाई कारवाही गरेको पर्सा प्रहरी ले जनाएको छ।

येस्तो माहामारी को बेला मास्क लगायेर नहिडडुल गर्ने व्यापारी, सवारी चालक, पैदलयात्रु लाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय पर्सा मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना गरि छोडिएको छ । तर जुन ब्यक्ति संग पैसा छैन उसलाई १ घण्टा घाममा उभ्याई छोडिएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *