अविरल वर्षाबाट आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगायो ,१९ वेपत्ता, दुईको शव भेटियो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, असार २५  गते

अविरल वर्षाबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा भोटेकोशी नदी बाढीले १५ घर बगाएको छ। १९ जना व्यक्ति हाल सम्म सम्पर्क बाहिर छन् ।

बाह्रबिसेको गाती बजारको १४ घरका बगाएको छ, १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको छ ।

नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको एक स्थानीयले जानकारी दिनु भयो । उहाँका अनुसार सो नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती  ११:३० बजे बाट बाढी आउदाँ उक्त क्षति भएको हो ।

प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *