४५ भन्दा बढि नेता कार्यकर्ताले सामुहिक गरे जनमत पार्टी परित्यागको घोषणा

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता, असार २५  गते

स्वतन्त्र मधेश गठवन्धन र वर्तमान जनमत पार्टीबाट दर्जनौ नेता तथा कार्यकार्ता लहानमा पत्रकार सम्मेलन गरी परित्याग गरेका छन् ।

नमत पार्टीका अध्यक्ष डा. सि के राउत र उनका केहि कार्यकर्ताहरुले जिल्लामा गुट उपगुट बनाई पार्टीको हित विपरित कार्य गरि लोकतान्त्रिक पद्यतिलाई मान मर्दन गरि आफु अनुकुल अधिनायकबाद शैलिमा कार्यकर्तालाई धाक धम्कि देखाइ पार्टी भित्र एकल तानाशाहि चलाउने संज्ञा प्रेस विज्ञप्ति मार्फत जानाएका छन् ।

विज्ञप्तिमा १९ बुंदे तानासाहि र त्रुटिपुर्ण कुराहरु बुंदागत रुपमा पुर्व सिरहा जिल्लाका संयोजक चन्देश्वर महतो, पुर्व सिरहा जिल्ला संयोजक केदारनाथ यादव, लहान नगरपालिका संयोजक देवकान्त सिहं लगायत दर्जनौ पालिका संयोजकको हस्ताक्षर विज्ञप्तिमा उल्लेख रहेको छ ।

सिरहाका पुर्व जिल्ला संयोजक केदारनाथ यादवले भने जाने वेला न हामि भनेरै गएका थियौ निस्किने बेलामा पनि हामी न भनेरै निस्कियौ, वहाका तानाशाहि प्रवृति मन परेन ।

त्यसै सन्दर्भमा लहान नगरपालिका संयोजक देवकान्त सिहंले आक्रोस पोख्दै भने मधेश स्वतन्त्रताको मुदा छोडेको जय स्वराज जस्ता शब्द विधानबाट हटाएको यो त के. पि ओलि भन्दा पनि खतरनाक मधेश विरोधि भएको बताए ।

सम्मेलनमा ४५ भन्दा बढि नेता कार्यकर्ताको सहभागि सहित सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गर्दै भने  हामी सदैव मधेश र मधेशीको स्वभिमान, स्वधिन्ता, मुक्ति र नैसर्गिक अधिकार प्रप्तिका लागि राज्यसंग निरन्तर लड्ने छौँ ।

सम्मेलनमा नरहा गाँउपालिकाका सक्रिय कार्यकर्ता मनोज यादवले पार्टी परित्यागको प्रेस विज्ञप्ति प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *