ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २४ गते

आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइसहित दुई जना ताप्लेजुङमा पक्राउ परेका छन् ।
मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पाशाङ ल्हामु शेर्पालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशङ्कामा साउन १९ गते उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरूले नै हत्या गरेको स्वीकार गरेपछि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गोठमा मृतकसँग विवाद हुँदा पाशाङ ल्हामु शेर्पासमेतको सहयोगमा दाउराको चिर्पट प्रयोग गरेर हत्या गरेको प्रहरीमा बयान दिएका छन् । आरोपितले म्याट्रिस, राडी, ओढ्ने कम्बल साथै दाउराले समेत छोपेर आगो लगाइदिएको प्रहरीमा बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *