अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, साउन २४ गते
नेपाल सरकारले लकडाउन लागू गरेपछी बारा जिल्लाको विभिन्न नाकामा रहेको सशस्त्र प्रहरीका बारा जिल्ला प्रमुख प्रहरी उपरीक्षक दिगबिजय सुवेदी आफै सिमानाका र बेशय केम्पहरुमा निर्देशन दिई जनतालाई लकडाउनको पालना गराउनको लागि बाराको सम्पूर्ण युनिटलाई कडाईको साथ निर्देशन दिनु भएको छ।
बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको ९कोभेड(१९) नोबेल कोरोना भाईरस संक्रमण बाट बचाउनको लागि नेपाल सरकारले गरेको लकडाउन क्रम मा भारत बाट सिमा नाका हुदै चोरबाटो भई चोरीलुकी नेपाल मा भित्रने र नेपाल बाट लुकीचुरी भारतमा जाने मानिसहरुलाई सिमानाकामा आवत जावत गरनेलाई सशस्त्र प्रहरीबलले कडाईको साथ बारा विभिन्न नाकामा २ किलोमिटरको दुरिमा सशस्त्र प्रहरी खट्टाई आवत जावतमा कडाईको साथमा रोक लगाउन बाराको सशस्त्र प्रहरी प्रमुख निर्देशन दिनुभएको हो।
बाराको सशस्त्र प्रहरी प्रमुख बाराको विभिन्न नाका बलिरामपुर , मुशहरवा , छातवा बरैनिया , , मटिअर्वा , लागाएतका बारा जिल्लाका नाकाहरुमा रहेको बीओपी, वेश केम्पका प्रमुखहरुलाई कुनै पनि मानिस भारत बाट नेपाल र नेपाल भारत बाट ओहर दोहर नगर्ने ठाडो निर्देशन दिदै यदि त्यसतो गरेको पाईएको खणडमा ठाऊको ठाऊ कार्यावाहि गरने निर्देशन दिएको सशस्त्र प्रहरी बाराको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बताउनु भएको छ।
नेपाल भारतको सिमामा पर्नै बाराको मुसहरवा सशस्त्र प्रहरीको बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक समीर गौतमले यस नाकामा पुर्ण रुपले चोर बाटो समेतमा सशस्त्र प्रहरीलाई डिव्टिमा राखि आवत जावतमा रोक लगाऊदै कडाई गरिएको बताए ।
यस नाकाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय प्रसौनिका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादब संग बुझदा आफ्नो मातहतमा रहेको सबै नाकाहरुको चौकीको ईन्चार्जाहरुलाई कडा निर्देशन दिई सबै नाका सशस्त्र प्रहरीको साथमा पुर्णरुपले बन्द गरेको बताउनुभयो ।
यस सम्बन्धमा बाराको तत्कालीन बिश्रामपुर गाबिसका पुर्वा अध्यक्ष किशोरी साहले बलिरामपुर नाकाबाट आवत जावतमा सशस्त्र प्रहरीले रुक लगाउदै खेतीको समयमा एक किलो पनि मल खाद ल्याउने नदिने केही चोर बाटो बाट लिएर आउदै गरेको अवस्थामा पनि प्रहरीहरुले पक्राउ गरि कुटपिट गरने गरेको अध्यक्ष साहले आरोप लगाउनु भएको छ ।
केहि दिन पहिला बलिरामपुर नाका वाट मानिस ओहर दोहर गरिरहेको केही मेडियामा समाचार आएको गलत रहेको छ। यो नाका पुर्णरुपले ठप रहेको स्थानिय शशि शर्माले बताउनुभयो ।
बारा जिल्लाको मुसहरवा नाकामा सशस्त्र प्रहरीले कडाई गरेपछि सो नाकाको बासिन्दाहरुको आवत जावत गर्ने नदिए पछि स्थानीहरुले आक्रोश पोखेका छन्।