हरितालिका तीजको आज दर खाने दिन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते

महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितियाका अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसवर्ष चेलिबेटीहरू नबोलाउन, जमघट नगर्न र घरका परिवारहरू मात्र बसेर पर्व मनाउन अनुरोध गरिएको छ। तीजको दिन पानीसम्म नखाने गरी व्रत बस्‍ने हुनाले आज मध्यरातिसम्म दर खाइन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *