दैनिक १० देखि ५ बजेसम्म सर्लाहीमा पसल खोल्न पाइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

सामुदायिक स्तरमा फैलिएको कोभि १९ को जोखिम रहेको भएता पनि सर्व-साधारणको जीवन निर्वाह एवं सामाजिक आर्थिक व्यवस्थालाई सन्तुलित बनाउन सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाईएको छ।

सुरक्षाको मापदण्डको पालना गरि विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

तर प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ ।

दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *