अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते
गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ५ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरा ६ का ३२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला , पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२ -४२ वर्षका पुरुष, पोखरा १७ की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष , पोखरा २२ का २२ वर्षीय पुरुष एवं पोखरा २३ की ४४ वर्षीया महिलामा कोरोना देखिएको हो ।
त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६ , ९ र १० ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा उपचाररत १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ३८ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |