अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३ गते
वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । बिगत २५ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अक्सिजनको सपोर्टमा मात्र रहेका उनि बुधबारदेखि रक्तचापमा पनि कमी आएको छ । मुटुको धड्कनमा उतारचढाब, डब्लुबिसी, सुगर र पोटासियमको मात्रामा कमी जस्ता समस्या पनि उनमा देखिएका छन् ।
त्रिवि शिक्षण अस्पतालले बुधबार केसीको रक्तचाप नाप्दा आवश्यकभन्दा निकै कम देखिएको जानकारी गराएको छ ।
केसीले तत्काल अनशन नतोडे जुनसुकै बेला ज्यान तलमाथि हुनसक्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । भदौ २९ देखि जुम्लाबाट सुरु भएको केसीको १९ औं पटकको हो।