अरुण यादवको अध्यक्षतामा पर्सामा पुष्पलाल मित्रता केन्द्र गठन

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, असोज २५ गते

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा स्थापना भएको पुष्पलाल मित्रता केन्द्र पर्सा जिल्लामा पनि विस्तार भएको छ ।

मित्रता केन्द्रको उपाध्यक्षमा प्रमोद यादव, महिला उपाध्यक्ष इन्दु घिमिरे, सचिव शिवम शाह, कोषाध्यक्ष शिवशङ्कर यादव, सहसचिव इशक कुमार र सुरेश गुप्ता लगायत ३० सदस्यीय समिति गठन भएको छ ।

वीरगञ्जमा शनिबार भएको भेलाले युवा संघ नेपालका केन्द्रीय सदस्य अरुण यादवको अध्यक्षतामा मित्रता केन्द्र पर्सा गठन भएको हो ।

कम्युनिष्ट विचारलाई अझ बलियोसँग जनमानसमा पुर्याउन भूमिका खेल्न केन्द्रले काम गर्छ ।

भेलालाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवं नेकपा पर्सा जिल्ला कमिटी सदस्य विचारी यादवले नेकपा पार्टीलाई चैते कम्युनिष्टहरुसँग बचाउनुपर्नेमा जोड दिए ।

 नेकपा भित्र अहिले पनि रहेका एउटा बाट अर्को पार्टीमा हाम फाली हाल्ने केही कम्युनिष्ट भनाउँदाहरुले पार्टीलाई बदनाम गराएको आरोप पनि लगाए ।

नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल मित्रता केन्द्रका , उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य मनोज चौधरी, राजेन्द्र यादव, रामबाबु यादव, पुष्पलाल मित्रता केन्द्र प्रदेश नं २ का सदस्य बृजलाल पासवान, दुर्गा क्षेत्री, शिवम साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *