अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २६ गते
इन्डियन प्रिमियर लिग IPL 2020 मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरे ।
यूएईमा राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईको यो पाँचौं जित हो ।
शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर जितन सफल भए ।
IPL 2020 मुम्बईको जितमा दुई खेलाडी क्विनटन डी कक र सूर्यकुमार यादवले समान ५३ रनको अर्धशतकीय पारी खेलेका थिए ।
दिल्लीका कागिसो राबडाले २ विकेट ,अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १/१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ IPL 2020 ।
मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।