अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नजिक

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २६ गते

विश्व महामारी कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ ।

हिजो ४१ हजार सात सय ४९ जना नयाँ बिरामी थपिए संगै संक्रमित संख्या ७९ लाख ९१ हजार ९९८ पुगेको हो ।

अमेरिकामा हालसम्म कोरोनाका कारण २ लाख १९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ । हिजो मात्रै तीन सय २५ जनाले ज्यान गुमाए ।

कोरोना संक्रमितमध्ये ५१ लाख २८ हजार एक सय ६२ जना उपचारपछि निको भई घर फर्किएका छन् । २६ लाख ४४ हजार ७५ जना उपचाररत रहेकोमा १४ हजार सात सय २२ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *