अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते
कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको हो ।

कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको गए राति ११ :०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।