बिहारमा जारी विधानसभा चुनावमा आज ९४ सिटका लागि मतदान शुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १८ गते

बिहारमा जारी विधानसभा चुनावमा आज ९४ सिटका लागि मतदान शुरु भएको छ । दोस्रो चरणमा १७ जिल्लाका ९४ सिटका लागि मतदान भइरहेको छ ।

मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजे सकिनेछ । २४३ सिट रहेको बिहार विधानसभाको आधाभन्दा बढी सिटमा मंगलबार मतदान सम्पन्‍न हुनेछ । दोस्रो चरणको मतदानका लागि बिहारमा एक हजार चार सय ६३ उमेदवार छन् ।

बिहारमा विपक्षीका तर्फबाट मुख्यमन्त्रीका उमेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य कैयौं मुख्‍य नेताहरुको भाग्यको फैसलाका लागि दोस्रो चरणको मतदान भइरहेको हो । २४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान २८ अक्टुबरमा भइसकेको थियो । जुन् ७१ सिटका लागि मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *