विश्वमा एकैदिनमा ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २० गते

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण एकैदिन ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ६३ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ५ लाख ७० हजार ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ करोड ८४  लाख २२ हजार १३ पुगेको छ ।

जसमध्ये ३ करोड ४६ लाख ७१ हजार ४८५ निको भएका छन् भने १२ लाख ३० हजार ७८६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *