१७ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछी अर्घाखाँची जिल्ला अस्पताल बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २३ गते

१७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।

अस्पतालका प्रमुख चिकित्सक डा कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *