अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २५ गते।
क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने ४९ वर्षीय शेखसम्सुर आलोन र अर्घाखाँचीकी ४२ वर्षीया रेनुका सारू छन्।
रेनुकाले नागार्जुन नगरपाललिका-१६ बस्ने खिन्तबिर सारूसँग फेसबुकमार्फत चिनजान गरेका थिए। चिनजान गरेपछि रेनुकाले खिन्तबिरलाई क्यानडा पठाइदिने प्रलोभनमा पारी १४ लाख लिएकी थिइन्।
प्रहरी उपरीक्षक कार्कीका अनुसार विश्वासमा पारेर भिसा लागेको भन्दै नक्कली प्लेनको टिकट देखाएर रेनुका १४ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।
सोही जाहेरीको आधारमा महाशाखाबाट खटिएको टोलीले मुख्य योजनाकार शेखसम्सुर सहित दुबै जनालाई पक्राउ गरेको हो।
उनीहरूले १२ लाखका दरले रकम उठाएर अन्य तीन जनालाई पनि ठगी गरेको एसपीले बताए।