प्रधानमन्त्री केपी शर्मा ओली आज सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २० गते।

राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गर्ने भएका छन् ।

आयोजनाअन्तर्गत सुरुङबाट सुनकोसी नदीको पानी खस्ने स्थल सिन्धुलीको कमलामाई नगरपालिका-२, कुसुमटारमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने आयोजना प्रमुख सुशील आचार्यले जानकारी दिए । उनकाअनुसार साढे ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम छ ।फागुन १२ मा परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्‍जिनियरिङ कम्पनीलाई दिएको थियो । १० अर्ब ५ करोड ६८ लाख ३७ हजार ४६४ रुपैयाँमा परियोजनाले ठेक्का दिएको थियो ।

मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *