ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।

रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

रून्टीगढी वडा नं ६ गातिना बस्ने वर्ष ३१ को युवकको घट्नास्थलमा नै मृत्यु हो।

ना ७ त  ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले बताए । मृतक राना सो ट्रयाक्टरमा सवार थिए । ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो । 

सवारी चालक जिल्ला रोल्पा थवाङग गापा वडा नं ३ मिरुल घर भई हाल जिल्ला दाङग राप्ती गा.पा. सिसनिया ४ वस्ने वर्ष २०को तुफान भन्ने वल प्रसाद बुढामगर ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाको नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *