अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,फागुन २५ गते।
बारामा एक युवकको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । घरको माथिल्लो तलामा रोहित एक्लै बस्थे । प्रहरीका अनुसार दुई तले घरको तल्लो तलामा खाजा पसल छ ।
उनी पेन्टरको काम गर्थे । चन्द्रनिगाहापुर स्थायी घर भएका रोहितको परिवारले निजगढमा पनि घर बनाएको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।