अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९ हजार ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ४ लाख २२ हजार ३४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।