आज गणतन्त्र दिवसको विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । 

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गरे । 

सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *