गुल्मीमा पुनः थपिए जेठ ३१ गतेसम्म निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्‍यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

यसपटक भने जिल्लाको निषेधाज्ञा केही लचिलो बनाउँदै प्रशासनले बैंक तथा वित्तीय संस्थाहरु खोल्ने अनुमति दिएको छ। यसअघि खाद्य तथा फलफूल पसल मात्रै खोल्न दिइएको थियो ।

निषेधाज्ञाका बेला त्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १० बजेसम्म खुल्ला रहनेछन् । यसअघि ९ बजेसम्म मात्रै समय तोकिएको थियो ।

बाणिज्य बैंक तथा बिकास बैंक (बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी बाहेक) अरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यस अघि जिल्लामा गरिको निषेधाज्ञामा बैंक तथा बित्तिय संस्थाहरु पनि पूर्ण रोक लगाइएको थियो ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *