अबैध तस्करी विरुद्ध दिवस ठाडीमा सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असार १२ गते।

नेपाल र भारतको सिमा क्षेत्रमा रहेको प्रहरी चौकी ठाडीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध दिवस ठाडीमा मनाएको छ।

प्रत्येक बर्ष असार १२ गतेका दिन उक्त दिब्य मनाउने गरेका छन् । शनिबारबार सयौंका संख्यामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। प्रहरी चौकी ठाडीको इन्चार्ज अजित पाण्डेको नेतृत्वमा उक्त कार्यक्रम सुरु भएको छ ।

चौकीका इन्चार्ज पाण्डेको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने भगवानपुर गाउँपालिका ४ को वडा अध्यक्ष बिन्देश्वर साहको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अति साहका अनुसार देशमा भई रहेको लागु पदार्थ तथा अबैध तस्करी अबिलम रोकनु पर्ने बताउदै नयाँ पीडिको युवाहरुमा न राम्रो असर पर्ने गरेको छ।

स्थानीय सयौं जनसमुदायको घर मुलिहरुलाई अ- आफनो बच्चाहरु दुर्व्यसनबाट जोगाउन जे.एस मुरारका बहुमुखि क्याम्पसका प्राध्यापक  कन्हैयाँ भट्टले उपस्थित सहभागीहरुलाई आग्रह गरेका थिए। यस्ले गर्दा देश बिकास निकै नै नकारात्मक असर पर्ने गरेको हो ।

सिमा क्षेत्रमा खटीएका प्रहरीहरुको लागु पदार्थ तथा अबैध तस्करी रोकनमा विशेष ध्यानाकर्षण हुनु अभिभावक र   स्थानीय प्रहरीको जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *