आजको मौसम पूर्वानुमान: देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १८ गते।

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी  वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । 

आज दिउँसो प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति  प्रदेश १,प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा र एक दुइ स्थानमा  अति भारि बर्षाको सम्भावना रहेको छ  । बाँकी स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

 मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *