अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार १९ गते।
अमेरिकाको बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खसेको छ।
दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ।
उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको थियो।
तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए।