दार्चुलामा निषेधाज्ञा असार मसान्त सम्मका लागि थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २० गते।

दार्चुलामा निषेधाज्ञा असार मसान्त सम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमण दर केही घटेको भएपनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । शुक्रवार बसेको जिल्ला कोभिड—१९ व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार असार मसान्तसम्म निषेधाज्ञा थप गरिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जारी निषेधाज्ञालाई खुकुलो पार्दै असार मसान्तसम्मका लागि निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारीले बताए । सार्वजनिक सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएर सीट क्षमता अनुसार जिल्लाभरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छ ।

यस्तै होटेल, मदिरा पसल बाहेक अन्य सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअद्वारा जारी आदेशमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *