अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन ९ गते।
भारततर्फको सप्तकोशीको बाँध भत्किँदा बिहारका दुई जिल्ला डुबानमा परेका छन् ।
बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसी नदीको तटबन्ध शुक्रबार बिहान भत्किएपछि सुपौल र मधुवनी जिल्लाका झण्डै २ हजार मानिस विस्थापित भएका छन् ।
सुपौल जिल्लाका डिएम महेन्द्र कुमारका अनुसार बाढीले दूधैला, दिघिया, बैला, सतोखर्ड लगायत गाउँ जलमग्न भएको छ । उनका अनुसार बाढीका कारण झन्डै २ हजार परिवार विस्थापित भएका छन् ।
विस्थापीतहरु भारतीय राष्ट्रिय राजमार्ग एनएच ५७ लगायतका स्थानमा आएर बसेका छन् ।