बालाजु औद्योगिक क्षेत्रमा शुक्रबार रातिदेखि भीषण आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

शुक्रबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण तथा क्षतिको विवरण समेत खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *