जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा ब्राजिलले स्वर्ण पदक जित्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन २४ गते।

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत स्पेनलाई पराजित गर्दै ब्राजिलले दोस्रो पटक स्वर्ण पदक जितेको छ ।

स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै ब्राजिलले पदक जित्न सफल भएको हो ।

खेलको १०८ मिनेटमा माल्कमले निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाए । यसअघि पहिलो हाफमा माथियस कुन्हाले ब्राजिललाई अग्रता दिलाए पनि दोस्रो हाफमा मिकेल ओर्जाबालले गोल गर्दै खेल बराबरी गरेका थिए ।

विश्वका दुई हेभिवेट राष्ट्रबीच भएको रोमाञ्चक खेलमा एभर्टनका रिचार्लिसनले पेनाल्टी मिस गर्नुका साथै उनको प्रहार पोस्टमा लाग्न पुगेको थियो । स्पेनका लागि ब्रायन गिलको प्रहार पनि पोस्टमा लाग्दै गोल हुनबाट चुकेको थियो । 

ब्राजिल लगातार तेस्रो फुटबलमा पदकका लागि भिडेको हो । पाँच वर्षअघि नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई स्वर्ण दिएका थिए । घरेलु मैदानमा ब्राजिलले जर्मनीलाई हराएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा ब्राजिलले रजत पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *