अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार २१२जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ०७ हजार ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।