अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ४ गते।
नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक सरकारले नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्ति दिने निर्णय गरेको हो।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट यसअघिका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएपछि उनको स्थानमा झालाई राखिएको हो।